कमेडी च्याम्पियन सिजन २ का विजेता बने ताप्लेजुङका भरतमणी पौडेल


नेपालकै पहिलो स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालीमा ताप्लेजुङका भरतमणि पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् ।
उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । विभिन्न चरण हुँदै भरतमणिसँगै सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा फाइनलमा पुगेका थिए ।उनले पछिल्लो समयमा नेपाली तथा नेपाली भाषा बुझ्ने सम्पूर्णको मन बाट आफ्नो प्रस्तुतीबाट निकै तारिफ पाएका थिए । उनी ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बनेका थिए ।
अब उनी केही समयमा टप पाँच सहित विश्व भ्रमणमा जानेछन्।
विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन’ कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’बाट प्रशारण हुँदै आएको थियो । यसको पहिलो सिजनबाटै निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई थिए भने शोलाई रीमा विश्वकर्माले होस्ट गर्दै आएकी थिइन् र पछिल्लो समयमा मेक्सम गौडेल ले पनि होस्ट को भुमिका निभाउदै आएका थिए , निर्णायक ऋचा शर्मा भने आफ्नो पारिवारिक समस्या ले फिनालेको सो मा उपस्थिति भएकी थिइनन्।
‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए भने पहिलो सिजनको उपाधि विश्व भ्रमण पनि कोभिड १९ का कारण रोकिएको छ।