भारतीय चर्चित गायिका लता मंगेशकरको निधन
नेपाली गीतमा समेत समधुर आवाज दिएकी चर्चित भारतीय गायिका लता मंगेशकरको ९२ बर्षको उमेरमा आज निधन भएको छ ।
गायिका लता मंगेशकरको निधन भएको खबर शिवसेना सांसद सञ्जय राउतले दिएका हुन् । गायिका लता मंगेशकरको अवस्था निकै नाजुक भएपछि शनिबार दिउँसो उनलाई फेरि भेन्टिलेटरमा राखिएको थियो ।
उनको अवस्था चिन्ताजनक रहेको डाक्टरहरुले बताइरहेका थिए । मुम्बईको ब्रीच क्यान्डी अस्पतालका डा. प्रतीत सम्धानी र उनको टोलीले लता जीको स्वास्थ्यको निगरानी गरिरहेको थियो ।
आइतवार डा. प्रतीतले लता जी अझै आईसीयूमा उनको निगरानीमा रहेको जानकारी दिएका थिए । आज पनि पवभिन्न व्यक्तित्वहरु ब्रीच क्यान्डी अस्पताल पुग्ने क्रम जारी छ ।
केन्द्रीय मन्त्री नितिन गडकरी पनि आज ब्रीच क्यान्डी पुग्न सक्नेछन् । अस्पतालबाहिर शनिबार रातिदेखि सञ्चारकर्मीको भीड लागेको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
पदेर रोडमा रहेको लताजीको घर प्रभुकुञ्जको सुरक्षा पनि बढाइएको छ ।
उहाँको आत्माले शान्ति पाओस् ,उहाँका गीत र योगदान अमर रहोस्