महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविता तथा प्रेरक भनाई
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म: वि.सं. १९६६ कार्तिक २७ लक्ष्मीपूजा का दिन काठमाडौँमा भएको हो। भने उहाको मृत्यु: वि.सं. २०१६ भाद्र २९ काठमाडौँमा भएको थियो।
" 'के हो अहो ! अमृत त्यो सुरदेव पान ?’
‘सच्चा कमाइ गरिखानु भनेर जान ।’
‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ?
‘आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।’
‘पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?’
‘तर्किन्छ त्यो रूखमनी, जुन साथ मिल्छ ।’
‘देखिन्छ ईश कुन मन्दिरमा पसेर ?’
‘त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।’
‘यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ ? पढनु के ? गुरु को बनाई ?’
‘फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।’
‘कर्तव्य के छ जनको, यति छन् विरोध ?’
‘नक्षत्र हेर नभमा, दिलसाथ सोध !’
‘के हो ठुलो जगतमा ?’ ‘पसिना विवेक’
‘उद्देश्य के लिनु ?’ ‘उडि छुनु चन्द्र एक ।’ "
उहाँका केही प्रेरक भनाई हरु :
१: मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।
२: कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।
३: सत्यका लागि त्याग गर्न जसले सक्दैन त्यो कदापी वीर हुन सक्दैन ।
४: खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।
५: चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाईतिर लम्कनु नै पर्वतारोही हो ।
६: दर्शन भय हो भने कविता सत्य हो ।
७: घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।
८: जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।
९: मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ।
१०: शहर र गाउँमा जम्मा दुईटा कुरा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छ तर मन नजिक हुन्छ ।
११: सुन भनेको हातको मैलो हो, आनन्द त त्यसमा छ जहाँ साग र सिस्नुखाँदा मिल्छ ।
१२: संसार अँध्यारो समान हो ।
१३: जीवन भनेको खाक समान छ त्यसैले यसमा घमण्ड नगर ।
१४: मृत्यु जहिल्यै तिम्रो अगाडि हुन्छ ।
१५: उदेश्य के लिनु उडी छुनु चन्द्र एक ।
© गाउँ संसार