पर्यटकिय केन्द्रबिन्दु कालिञ्चोकको सम्झना..


सपना छ नेपाललाई विश्वमा चिनाउने, मलाई प्रकृति संग खुल्न औधी मन पर्छ, यसै सिलसिलामा साथीहरू मिलेर कालिनचोक घुम्न जाने तयारी गरीयो। बिहान करिब सात बजे निस्केको हामी ठाउँ ठाउँ मा रोकिदै चिया,खाजा ,खाना खादै आराम तरिकाले यात्रा गरेका थियौं । साथिहरु मिलेर गीत गाउने, चुट्किला भन्ने गर्दै यात्रा अगाडि बढ्दै थियो । रमाइलो भएको थियो यात्रा ।
कोही साथिहरु आफ्नो बालापनका रमाइला यादहरु सुनाउनु
हुनुहुँदै थियो , कोहिले आफूलाई थाहा भएको कालिन्चोक भगवती माता को किम्म दन्ते काहानी हरु सुनाउनु भयो। मलाई सुन्दा आश्चरर्य लाग्यो । यात्रा निरन्तर अगाडि बढिरहेको थियो। अघिल्लो दिन कुरी गएर बस्ने सबैको सल्लाह भयो।
कुरी पुग्दा करिब ४:३० भएको थियो । त्यहाँका घरहरू निकै आकर्षक थिए चिटिक्क परेका रातो,नीलो टिनका जस्ताहरु लगाईएकाे थियो सबै घरहरु एउटै ढाँचामा भएकोले झन् राम्रो देखिएका थिए ।होटेलको अंकलका अनुसार यो घरहरु भुकम्प पछी पुनर्निर्माण गरिएकाे थियो रे होटेल पुगीसकेका थियौ, फ्रेस भएपछि खाजा खाएर कुरीको त्यो डाडोमा जाने कुरा भयो।जब त्यो डाडामा पुगीयो मान्छेको फाेटाे खिच्ने र टिकटक बनाउनेको भीड थियो।त्यहाँ बाट हिमाल निकैनै राम्रो देखिएको थियो घामका किरण डाडापारी बाट अस्ताउदै थियो तर त्यो अस्ताउदै गरेको घामको किरणले हिमाललाई अझ राम्रो देखाएकाे थियो ।त्यहाँ बाट हेर्दा त्यहाँको बस्ती ती रातो निलो जस्ताका पाताले बगैचामा फुलेका फुलहरू जस्ता देखिएका थिए ।निकैनै रमाइलो ठाउँ थियो त्यहाँ बाट देखिएको त्यो हिमाल,त्यो अस्ताउदै गरेको त्यो घाम,त्याहाँ बाट देखिएको त्यो बस्ती आहाँ रात पर्न लागी सकेको थियो एकछिन फोटाे खिचेर फेरि होटेल तर्फ लाग्यौं। चिसो निकैनै बढेको थियो।
ती साना घरहरु बाहिर बाट जति राम्रा थिए भित्र पनि उतिनै राम्रा चराले आफ्नो चल्लोलाई चारो खुवाउदै गरेको,आमाले आफ्नो बच्चा समाएको ,नेपालको झन्डा,हिमाल लगायत थुप्रै पेन्टिङहरु ती भित्ताहरुमा सजिएका थिए बेलुकीको खाना खाएर एकछिन आगो ताप्दै नाच्ने गाउने गरेर रमाइलो गरीयो ।बाहिर नीकैनै हावा चलिरहेको थियो।भोलिपल्ट बिहान जब कोठाको ढोकाखोलेर बाहिर हेरे म अचम्ममा परे आकाश बाट कपास झरे जसरी हीउ झरी रहेको थियो हिजो देखिएका टिनका रंगीचंगी पाता हरु आज हिउँले सेतै टल्किएका थिए ।हिजो घाम लागेर टल्किएका डाडाहरु आज हिऊँले सेतै टल्किएका थिए।हिमाल हिउँले झन धेरै भरिएको थियो।घुम्न भनी आएका मान्छेहरु हिऊँ परेको देखेर खुशी हुँदै थिए र फाेटाे खिच्ने टिकटक बनाउने गरि रहेका थिए त्यहाँका सबै होटेल भरिभराउ थिए सबै बाहिर निस्केर रमाइलो गरेका थिए ।सबैलाई लोभ्याउने त्यो दृश्यले एक पटक मात्र हैन सधैं त्यहि बस्ने जस्तो बनाएको थियो| त्यहाँ रमाइलो गरेपछी हामी कालिनचोक भगवती मन्दिर दर्शन गर्न तर्फ लाग्यो हिउँपरेको बेला केबुलकार चल्न गार्हो हुदो रहेछ केही समय भईसकेको थियो हिउँ पर्न रोक्कीएको थियो। तेसैले केबुलकार चल्यो र हामी केबुलकार चडेर माथि गयौं ।माथि गएपछि थोरै हीडेपछि एउटा ठुलो टाकुरो देखियो भनिन्छनी शक्तिशाली भगवानहरु वा मन्दिर अप्ठ्यारो ठाउँमा बस्नुहुन्छ भनेर मलाई पनि तहि महशुस भयो।भर्र्याङ् चड्दै गर्दा जब तल एकदमै भिर जस्तो हेर्दै काहाली लाग्दो देखिन्थ्यो ।भर्र्याङ् चड्दै गर्दा हाईटमा भएकोले कोहीलाई निकै गार्हो हुने बोमिट आउने,टाउको दुख्ने ,सास फेर्न गारो हुने भएको देखन सकिन्थ्यो कोहिलाई सारै गारो भएर डाेकाेमा बोकेर फर्काउनु परेकाे तेहा देखिन्थ्यो।सिढी चडेपछि मन्दिरको प्रबेस गरीयो भगवानहरूका मुर्तिहरु गेटबाटै राखीएको थियो ।भक्तजनहरुको निकै भिड थियो ।हामीले कालिन्चोक भगवतीको दर्शन गरीयो र तेहाको आश्चर्य लाग्ने कुरा के थियो भने त्यहाँ पानीको (जल) कुण्ड रहेछ जुन कालिन्चोक भगवतीको मुर्तिको छेउ पट्टि रहेछ मन्दिरको आकर्षणको केन्द्र जल कुण्ड रहेछ त्यहाँ बाट एकफेरी निकाल्दा जति जल भाडामा आउछ त्यो लिएर आफ्नो घरमा लग्यो भने घरपरिबार को साथै घरको रक्षा हुने भन्ने मान्यता रहेछ । त्यो जलकुण्डको पानीलाई प्रसादको रुपमा लिहिदो रएछ त्यहाँ पुजा गर्ने पुजारी बुवाका अनुसार एक मानिसले एक फल माग्यो भने त्यो सधै पूरा हुने बिश्वास र आस्था देखाउनु भयो कालिन्चोक भगवती निकैनै शक्तिशाली भएको कुरा पुराना घटनाहरु पनि सुनाउनु भयो ।कालिन्चोक मन्दिर अरु दिन भन्दा शनिवार र मंगलवार नीकै भिड हुने पनि बताउनु भयो । कालिन्चोक धार्मीक हिसावले,आस्थाका हिसावले ,पर्यटन व्यवसायकाे हिसावले एक्दमै आगाडि रहेको प्रष्ट देखिन्थ्यो ।त्याहाँको दर्शन पछी हामीपनि फर्कियौ।
अहिलेको समयमा भक्तजन हरुको साथसाथै हिउँमा खेल्न जाने हरुको पनि उत्तिकै घुइँचो छ। राजधानी बाट नजिकको यो ठाउँ आन्तरिक पर्यटकको पनि संगम स्थल बनिरहेको छ।
सामाजिक सञ्जाल मा यसको जती बयान छन् , त्यो भन्दा बढी यो प्रत्यक्ष महसुस हुने गरी राम्रो छ।
विभिन्न संस्था , विद्यालय हरुले पनि यो ठाउँलाई एउटा भ्रमण स्थल को रुपमा हेरिरहेका छन्।
त्यहाँका घर हरु र बनावटी दृष्टिकोण ले पनि कालिञ्चोक लाई नेपालको स्विट्जरल्याण्ड भनेर उपनाम दिइएको छ।
यो ठाउँलाई व्यापारिक र प्राकृतिक तवरले चासो दिने हो भने छिट्टै नै देशको आर्थिक र पर्यावरण मा सहयोग पुर्याउने छ।
यो यात्रा हामीले छोटो समयमा तय गरेर धेरै सुमधुर सम्झना बोकेको यात्रा थियो। कालिञ्चोक साँच्चै नै प्रकृतिको एउटा अनुपम उपहार को रुपमा नेपाल ले पाएको छ ।यसको संरक्षण मा सरकारको हात हुनु अति नै आवश्यक छ,
.........आगामी यात्राका ती बिर्सन नसक्ने पलहरु लिएर आर्को पटक आउने छु, हजुरलाई कालिञ्चोक भगवती मा दर्शन गर्न जान पनि भित्री मन देखिनै सम्झाउन चाहे। जीवनमा केही अनुभव गर्न साक्षी रहेका पल हरुमा कालिञ्चोक को पनि एउटा छुट्टै अनन्त सम्झना बनिरहेको छ।
-आरती पौडेल
काठमाडौँ