आजबाट काठमाडौ महानगर बासिन्दालाई एस्ट्राजेनेका ...
आज बाट काकाठमाडौं महानगरपालिकाले १८ वर्षमाथिका नागरिकलाई कोभिड–१९ विरुद्धको एष्ट्राजेनेका खोपको पहिलो डोज दिँदैछ । महानगरले ३२ वटै वडाका खोप केन्द्र र सातवटा अस्पतालबाट खोप दिइने जनाएको छ ।
सर्वसाधाणदेखि घरधनी सबैलाई यो खोप दिइने छ।
खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र र विद्युतीय दर्ताको नम्बर अनिवार्य गरिएको छ ।
काठमाडौंका अन्य नगरमा भने आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइँदैछ । खोप कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
लगातार पहिले खोप दिइरहेको महानगर ले बीचको केही समय रोकिएको थियो ।
वैदेशिक रोजगारीमा जाने नागरिकलाई भने महानगरले जोन्सन एंड जोन्सन खोप वितरण गरिरहेको छ।