त्रि-वि पुस्तकालयलाई एक लाख बराबरको पुस्तक उपहार
switzerland को एक आर्ट हिस्टोरियन Ulrich Von Schroeder त्रि-वि पुस्तकालयलाई एक लाख बराबरको दुई सेट पुस्तक उपहार दियेका छन। एउटाको नाम "नेप्लिज स्टोन स्कल्प्चर्स" र अर्को चाहिँ "हिन्दु र बुद्धिस्ट" हो। पहिलो पुस्तकले नेपालको प्रस्पर मुर्तिकलाहरु जनाउछ भने दोस्रोले हिन्दु र बौद्ध मूर्तिकला जनाउछ। यी पुस्तकको मुल्य करिब आठ सय अमेरिकी डलर पर्दछ । त्रि-वि पुस्तकालयमा भयेको पुस्तक मध्य यो पुस्तक सबै भन्दा महँगो हुनेछ।
पुस्तकालय आफैले भने बढिमा तीस हजारसम्मको मूल्य पर्ने पुस्तक किनेको भन्ने प्रमुख पुर्णलाल श्रेष्ठले बतायेका छन।
मूल्य सुन्दा डर लाग्ने तर उपहार स्वरुप पाएकोमा उन्ले खुसी व्यक्त गरेको छन