नेपाल प्रहरीको घरधनी तथा सर्वसाधारणमा अनुरोध
चाडपर्व नजिकिएसँगै नागरिकलाई सचेत हुन प्रहरीले सतर्क गराएको छ । चाडपर्व लक्षित सचेतना पर्चा जारी गर्दै प्रहरीले यो समय चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको हो ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको छ । पर्चामा आफ्नो घरमा डेरा गरी बस्ने व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ ।
यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक-पटक देखिए निग्रानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिंड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न प्रहरीले भनेको https://www.gaunsansar.com/public/uploads/shares/img_20210923_141022.jpgछ ।