नारायणहिटी दरवारबाट श्रीपेच चोर्ने प्रयासमा एक युवा पक्राउ
नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्राहलयमा अवलकोनमा गएका रुकुम घर भएका एक युवकले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुृटाउन प्रयास गरेका थिए ।
तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको नारायणहिटी दरबार संग्राहलाय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।
युवक सँग अन्य जानकारी लिनको लागि प्रहरी कार्यालय लगिएको छ ।