दमौली अस्पतालमा अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु
तनहुँको दमौली अस्पतालले आफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालेको छ। यो जिल्लामा पहिलो पटक अक्सिजन उत्पादन भएको हो।
"अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने काम आठ महिना अघि सुरु भएको थियो। स्थापना सकिएपछि अक्सिजन उत्पादन सुरु भएको छ," दमौली अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज अधिकारीले भने, साथै उन्ले यो पनि भने कि "प्रदेश सरकारको सहयोगबाट अक्सिजन प्लान्ट स्थापना गर्न सम्भव भयो "।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलका अनुसार करिब ५३ लाख रुपैयाँको लागतमा प्लान्ट स्थापना गरिएको हो। "जसरी हामीसँग पहिले अक्सिजन प्लान्ट थिएन, हामी आपतकालीन बिरामीहरुलाई अन्यत्र पठाउने गर्दथ्येउ, अब जब हामी यहाँ प्लान्ट छ अक्सिजन को दैनिक २० सिलिन्डर उत्पादन गर्ने क्षमता संग, हामी अझ गम्भीर बिरामीहरुको उपचार गर्न को लागी तयार छौं," पौडेलले भने।
डा पौडेलका अनुसार अस्पताल प्रादेशिक सरकारको सहयोगमा अक्सिजन प्लान्टमा बूस्टर लगाउने तयारीमा छ। पौडेलले भने, "यदि हामी अक्सिजन प्लान्टको लागि बूस्टर स्थापना गर्छौं भने हामी जिल्ला भित्रका अन्य स्वास्थ्य सुविधाहरुमा पनि अक्सिजन आपूर्ति गर्न सक्षम हुनेछौं।" अस्पतालले सेप्टेम्बर २४ बाट प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालेको थियो। अक्सिजन प्लान्टको साथ, अस्पतालले केहि पूर्वाधार पनि थपेको छ, जसमा सात बेडको गहन हेरचाह इकाई चार भेन्टिलेटर संग सुसज्जित छ।